दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्याण्ड आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पुगेको छ। बुधबार लाहोरमा भएको सेमिफाइलनमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरेको हो।
३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ९ विकेट गुमाएर ३१२ रनमै सिमित भयो।
उपाधीका लागि अब आइतबार भारत र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुनेछ।