कुलमानलाई हटाउने सरकारको तयारी, मन्त्रिपरिषदद्वारा स्पष्टीकरण सोध्ने निर्णय

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने प्रक्रिया सुरु गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। हटाउने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोध्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोत बताउँछ।

 उनलाई हटाउनकै लागि कार्यसम्पादनमा समेत शून्य अंक दिने निर्णय ऊर्जा मन्त्रालयले गरेको थियो।

बुधबार मात्र संसदमा कुलमानलाई हटाए आन्दोलन गर्ने चेतावनी माओवादी, रास्वपा र राप्रपाका नेताहरूले दिएका थिए। 

सुझावित समाचार