हङकङबाट आएका युवक विमानस्थलमा कोकिनसहित पक्राउ

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

हङकङबाट आएका एक युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोकिनसहित पक्राउ परेका छन्। सुनसरी घर भएका २५ वर्षीय मनीष राई बुधबार दिउँसो तीन ग्राम २९ मिलिग्राम कोकिनसहित पक्राउ परेका हुन्। 

नेपाल एयरलाइन्सको उडानद्वारा हङकङबाट काठमाडौं आएका उनलाई भन्सार कार्यालयको चेकिङ एरियामा जाँच गर्ने क्रममा हातमा लुकाइछिपाई लैजान लागेको अवस्थामा  कोकिन फेला परेको विमानस्थल प्रहरीले जनाएको छ। उनीमाथि लागुऔषध नियन्त्रण ब्युरोले अनुसन्धान अघि बढाएको छ। 
 

सुझावित समाचार