ताप्लेजुङमा एक व्यक्ति मृत फेला

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

ताप्लेजुङको मेरिङदेन गाउँपालिका– २ सान्थाक्रामा एक युवक मृत फेला परेका छन् । स्थानीय ४० वर्षका दीपेश केदेम (लिम्बू) बिहान करिब ६ बजे सडकमै मृत अवस्थामा फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवि रावलले सान्थाक्राको आङचोक सडकखण्डमा केदेमको शरीर अंगभंग भएको अवस्थामा फेला परेको जानकारी दिए। स्थानीयले मालबाहक गाडीले किचेको हुन सक्ने अनुमान गरेका छन् । घटना कतिवेला भएको भन्नेबारे केही थाहा नभएको बताइएको छ ।  

घटनास्थलमा अहिले प्रहरीले कानुनी प्रक्रियाको कार्य सुरु गरेको डिएसपी रावलले जानकारी दिए ।  घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

सुझावित समाचार