मन्त्रिपरिषद् बैठक बस्दै, एआइजीदेखि सचिव बढुवासम्मको कार्यसूची

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। आज साँझ ६ः३० मा प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । 

बैठकमा नेपाल प्रहरीका एआइजीदेखि सचिव बढुवासम्मको कार्यसूची छ ।

नेपाल प्रहरीमा रिक्त रहेको एआइजी पदमा डिआइजी जनक भट्टराईको गत ११ फागुनमा बढुवा सिफारिस भएकोमा निर्णयका लागि मन्त्रिपरिषदमा पठाइएको छ । 

त्यस्तै, सचिवका दुई रिक्त पदमा पनि बढुवाको सम्भावना छ । स्वास्थ्य सचिवमा वरिष्ठतम् सहसचिवहरू डा. संगीता कौशल मिश्र, डा. विकास देवकोटा र डा. टंक बाराकोटीको एक साताअघि नै सिफारिस भएको थियो । मन्त्रिपरिषद्ले तीनमध्ये एकको बढुवा गर्ने प्रावधान छ । 

नक्कली भुटानी शरणार्थी मुद्दामा कारागारमा रहेका सचिव टेकनारायण पाण्डेले अवकाश पाएपछिको रिक्त रहेको सचिव पदमा पनि बढुवा हुँदै छ । प्रशासनतर्फको रिक्त सचिव पदमा बढुवामा वीरेन्द्रकुमार यादव, मदन भुजेल र चन्द्रकला पौडेलको सिफारिस भएको छ । उनीहरूमध्ये एकको सचिवमा बढुवा हुनेछ । 

सुझावित समाचार