सालनालसहितको नवजात शिशुको शव फेला

बुधबार, २१ फागुन, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरीमा सालनालसहितको नवजात शिशु (छोरी)को शव फेला परेको छ ।  मंगलबार राति मकवानपुरको मनहरी गाउँपालिका– ७ स्थित डम्पिङसाइटमा सालनालसहितको नवजात शिशुको शव फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । 

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार स्थानीयले शिशुको शव देखेर प्रहरीलाई खबर गरेका थिए । उनले एक–दुई दिनअघि मात्रै जन्माएर फालेको हुन सक्नेजस्तो देखिएको बताए ।

स्थानीयको खबरपछि इलाका प्रहरी कार्यालय मनहरीबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्त अर्यालले जानकारी दिए ।

सुझावित समाचार