उदयपुरमा प्रतिबन्धित ८५ किलो मुंग्री माछा प्रहरीद्वारा नष्ट

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

उदयपुरमा प्रतिबन्धित ८५ किलो मुङ्ग्री माछा जिल्ला प्रहरी उदयपुरले बरामद गरी नष्ट गरेको छ । मानव स्वास्थ्यलाई गम्भिर असर पुर्याउने भन्दै नेपाल सरकारबाट प्रतिबन्धित मुङ्ग्री माछा बरामद गरी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी केदारमान दोङका अनुसार प्रहरीले हिजो सोमबार दिउँसो चेकजाँचका क्रममा त्रियुगा नगरपालिका ६ लालापत्ता स्थित चेक पोस्टबाट लहानबाट गाईघाटतर्फ आउँदै गरेको ना१ज ७४३९ नम्वरको विङ्गर गाडीमा रहेको वेबाारिसे ८५ किलोग्राम प्रतिबन्धित मुङग्री जातको माछा बरामद गरी आज मंगलबार नष्ट गरेको हो ।

प्रहरी, जिल्ला प्रशासन कार्यालका प्रतिनिधि, जिल्ला स्थित पत्रकार महासंघ, विभिन्न सञ्चार मिडियाका प्रमुख एवं प्रतिनिधिहरु, भेटेरिनरी अस्पताल पशु विज्ञ सेवा केन्द्रका प्रतिनिधिको उपस्थितिमा खाल्डो खनि पुरेर नष्ट गरिएको थियो । 

मानव स्वास्थ्य हानिकार मानिने प्रतिबन्धित मुङ्ग्री माछा उदयपुरका बजारमा लुकीछिपी ल्याइने गरेको छ । मुङ्ग्री माछाले सेवनले क्यान्सर, मधुमेह जस्त प्राणघातक रोग लाग्ने बताइन्छ । 

सुझावित समाचार