बर्दियामा भाले बाघ मृत फेला

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

बर्दियामा  एउटा बाघ मृत फेला परेको छ । गुलरिया- १२ मा  रहेको भवानी सामुदायिक वनमा भाले बाघ मृत फेला परेको हाे । मृत बाघ करिब तीन वर्षको भएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताए । उनले भने,  ‘कुहिएको अवस्थामा  बाघ फेला  परेकाे छ । मृतक बाघको शरीर कुहिएको हुँदा पोस्टमार्टम गर्नसमेत कठिन छ ।’ 

डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बाघ करिब १०–१५ दिनअगाडि मरेको हुन सक्ने बताए । उनले भने, ‘बाघ खान नपाएर मरेको हो ।’

सुझावित समाचार