बोरिङ गरेको ठाउँमा लागेको आगो निभ्याे

ग्यास भने अझै निस्किइरहेको छ

मंगलबार, २० फागुन, २०८१
डिजिटल संस्करण

ललितपुरको टीकाथलीमा गोदावरी खोलानजिकै बोरिङ गरेको ठाउँमा लागेको आगो भने निभेको छ । बिहान करिब ९:३०  बाट सुरु भएको आगोको ज्वाला ११:४० तिर निभाइएको हो । आगो निभे पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।

स्थानीयका अनुसार पानीका लागि बोरिङ गर्ने क्रममा ग्यास निस्किएको र आगो लागेको हो । बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको थियो। करिब नाै सय फिट खनिसकेपछि ग्यास निस्किएर आगो लागेको हो ।
 

सुझावित समाचार