आगलागीबाट संखुवासभाको चैनपुरमा एक घरमा क्षति

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

संखुवासभाको चैनपुर नगरपालिका–३, तीनखोप्रेमा आगलागीबाट एक घरमा क्षति पुगेकाे छ।

आइतबार दिउँसो करिब ४ बजेतिर स्थानीय जगतबहादुर कटुवालको ढुंगामाटोले बनेको र जस्ताको छाना भएको दुईतले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

अगेनामा खोले पकाई छाडेको चुलोबाट अचानक आगो सल्कन गई आगलागी भएको प्रहरीले जनाएको छ। करिब एक घण्टापछि स्थानीयवासी र सिद्धपोखरी प्रहरी चौकीबाट खटिएको प्रहरीले आगो पूर्ण रूपमा नियन्त्रणमा लिएको थियो। 

उक्त आगलागीबाट मानवीय तथा पशुचौपाया क्षति नभएको, तर घरमा करिब एक लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
 

सुझावित समाचार