सुनचाँदी व्यवसायीद्वारा खेलाडी तृष्णा विकलाई नगदसहित सम्मान

आइतबार, १८ फागुन, २०८१
डिजिटल संस्करण

सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ रुपन्देहीले अन्डर– १९ अन्तर्राष्ट्र्रिय महिला खेलाडी तृष्णा विकलाई सम्मान गरेको छ । भैरहवामा आयोजित कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले अन्डर– १९ अन्तर्राष्ट्र्रिय महिला खेलाडी तृष्णा विकलाई नगदसहित सम्मानपत्रले सम्मान गरेकी थिइन् । 

रुपन्देहीको ओमसतिया गाउँपालिका– १ निवासी विश्वकर्मालाई संघले ३५ हजार पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको संस्थाका प्रथम उपाध्यक्ष सुनिल सेन्चुरीले जानकारी दिए । 

खेलाडी विश्वकर्मालाई सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, संघका अध्यक्ष राजन विश्वकर्मा, नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष प्रेमकुमार सेन्चुरी, पूर्वप्रदेश उपाध्यक्ष विक्रम सुनार, प्रदेश सदस्य प्रकाशमणि विश्वकर्मा, नगर अध्यक्ष राजन रसाइली, संघका प्रथम उपाध्यक्ष सुनील सेन्चुरी र महासचिव गणेश विश्वकर्माले सम्मान गरेका थिए  ।

खेलाडीको हौसला बढाउनका संघले सम्मान गरेको संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुनिल सेन्चुरीले बताए । सिद्धार्थनगर नगरपालीकाकी उपमेयर उमा अधिकारीले खेलाडीहरूको संम्रक्षण , प्रवर्द्धन र प्रशिक्षण प्रदानका लागि नगरपालिका प्रतिबद्ध रहेको बताइन् ।
 

सुझावित समाचार