नेप्से २८ सय विन्दुमाथि, झन्डै साढे ११ अर्बको कारोबार

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक उच्च अंकले बढेर २८ सय विन्दु पार गरेको छ। बिहीबार नेप्से ४९.१५ अंकले बढेर दुई हजार ८१५.०४ विन्दुमा कायम भएको हो।

आज ‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्ससमेत २.१२ प्रतिशतले उकालो लागेको छ। तीन सय कम्पनीका दुई करोड ६१ लाख ९९ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ३९ करोड २४ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

बजार उच्च अंकले बढ्दा आज नेप्सेका १३ वटै समूहको सूचकमा समेत हरियाली छाएको छ। बैंकिङ समूह सबैभन्दा धेरै ३.३२ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन २.९१ प्रतिशतले वृद्धि भएको छ। विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, अन्य र व्यापार समूह एक प्रतिशतभन्दा धेरैले बढ्दा बाँकी समूह एक प्रतिशतभन्दा कमले उकालो लागेका छन्।

यसैगरी, गार्जियन  माइक्रोलाइफ इन्स्योरेन्स र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सिन्धु विकास बैंक, दोर्दी खोला जलविद्युत् कम्पनी, लिबर्टी इनर्जी कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ।

बजार बढे पनि भूगोल इनर्जी विकास कम्पनी र उपकार लघुवित्तका लगानीकर्ताले सर्वाधिक क्रमशः सात र ६ प्रतिशतभन्दा धेरै गुमाएका छन्।

सुझावित समाचार