भूकम्पपछिको पुनर्निर्माणले अब तीव्रता पाउँछ : गृहमन्त्री लेखक

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले भूकम्पपछिको क्षति आकलन, पुनर्निर्माण र पुनर्स्थापनालाई तीव्रता दिइएको बताएका छन्। सिंहदरबारमा बिहीबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २९औँ बैठकमा गृहमन्त्री लेखकले जाजरकोट, डोटी र बझाङमा भूकम्पपछिको क्षतिको आकलन, पुनर्निर्माण र पुनर्स्थापनालाई सरकारले तीव्र रूपमा अघि बढाएको जानकारी दिए।

भूकम्पपछिको पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटन गर्ने तयारी गरिएको उनले जानकारी दिए।

‘हामीले बितेको ६ महिनामा विस्तृत क्षति आकलन र निजी घरको पुनर्निर्माण एवं पुनर्स्थापन गर्न आवश्यक मापदण्ड बनाउने, नियमावली बनाउने र बजेट व्यवस्थापनको काम गरेका छौँ,’ गृहमन्त्री लेखकले भने, ‘त्यहाँ  केन्द्रविन्दु भएर गएका भूकम्पबाट निजी घरमा भएको क्षति आकलन गर्ने काम अगाडि बढ्नुका साथै पुनर्निर्माण र पुनर्स्थापनको काम अगाडि बढाएका छौँ।’

मन्त्रालयले गत वर्ष जाजरकोट र बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणलाई प्रभावकारी रूपमा अघि बढाउने गरी कार्ययोजना ल्याएको छ। गृहमन्त्री लेखकले आगामी साता बझाङ, अछाम र जाजरकोट पुगेर पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइको कार्यालय उद्घाटनका साथै त्यहाँको अवस्थाबारे जानकारी लिने गृह मन्त्रालयले जनाएको छ।

सुझावित समाचार