आज कति छ सुनचाँदीको मूल्य ?

बिहिबार, १५ फागुन, २०८१
डिजिटल संस्करण

 नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुनको मूल्य तोलामा दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक लाख ७० हजार तीन सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन प्रतितोला एक हजार ७० हजार पाँच सयमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य भने सामान्य बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तोलाको एक हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

सुझावित समाचार