महाशिवरात्रिका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गरेका छन्। महाशिवरात्रिका अवसरमा राष्ट्राध्यक्षले पशुपतिनाथ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्ने प्राचीनकालदेखिको परम्परा रही आएको छ।
राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारीलगायतले स्वागत गरेका थिए।
पशुपतिनाथ मूल मन्दिरभित्र दर्शन विधिअनुसार परिक्रमा गरी राष्ट्रपति पौडेलले मन्दिरमा पूजाआराधना र दर्शन गरेका थिए। राष्ट्रपति पौडेललाई पशुपतिका मूल अर्चक गणेश भट्टले फूल, प्रसाद लगाइदिएका थिए। उनका साथमा प्रथम महिला सविता पौडेल पनि थिइन्।