नेपाल बैंकको अध्यक्षमा पंज्ञानी नियुक्त

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल बैंक लिमिटेडको अध्यक्षमा थानप्रसाद पंज्ञानी नियुक्त भएका छन् । ९ फागुनमा बसेको बैंक सञ्चालक समितिको बैठकले पंज्ञानीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त पंज्ञानीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अध्यक्षको पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । पंज्ञानी अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै गत २७ भदौमा बैंकको सञ्चालक बनेका थिए । उनी अर्थ मन्त्रालयको प्रशासन महाशाखाका सहसचिवसमेत हुन् ।

सुझावित समाचार