आज महाशिवरात्रि पर्व : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीकाे घुइँचो (तस्बिरहरू)

बुधबार, १४ फागुन, २०८१
डिजिटल संस्करण

आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज महाशिवरात्रि पर्व मनाइँदै छ । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाउन लागिएको हो । महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । बिहानैदेखि पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीका कारण पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको  छ । चहलपहल बढेकाे छ।

हेर्नुहोस् केही तस्बिर :

सुझावित समाचार