प्रधानमन्त्री ओलीको विरोध गर्न लागेको आशंकामा चार जना थुनिए

मंगलबार, १३ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्न लागेको आशंकामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । काठमाडौंको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीको अवसरमा प्रधानमन्त्री ओली मंगलबार दिउँसो जोरपाटी पुगेका थिए । जहाँ उनीविरुद्ध प्रदर्शन गर्न लागेको सूचना प्राप्त गरेको भन्दै प्रहरीले चार जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा राजु सुनुवार, किरण केसी, राजेश दाहाल र मोहन सिंह छन् । उनीहरुले प्रधानमन्त्री ओलीको सामाजिक सञ्जालमा आलोचना गर्दै आएका थिए । सोही आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । 
 

सुझावित समाचार