उदयपुरमा तास खेलिरहेको अवस्थामा ४१ हजार नगदसहित ६ जना पक्राउ

शनिबार, १० फागुन, २०८१
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिका–१२ गाईघाटबाट तास खेलिरहेको अवस्थामा ४१ हजार आठ सय २५ रुपैयाँसहित छ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गोप्य सूचनाको आधारमा शुक्रबार पक्राउ परेका हुन् ।

प्रहरी निरीक्षक सुमन बानियाँको टोलीले नगरपालिका–१२ स्थित बबिता चौधरीको घरमा तास खेलिरहेको अवस्थामा नगदसहित ६७  वटा क्वाइन (सिक्का पैसा), १८ बुक तास र खुल्ला पाँचसय नोट पनि बरामद गरेको छ । 

बानियाँका अनुसार पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–१२ सगरमाथा टोलका वर्ष ३१ का नबिन तामाङ, बुद्धचोकका वर्ष ३४ का थमान राई, वडा नम्वर ११ संगमटोलका वर्ष ५४ का बिन्द्र तामाङ, बिशाल नगर टोलका वर्ष ४३ का अम्वर बहादुर राय, बिशाल नगर टोलकै वर्ष ३३ का बबिन्द्र राई र वडा नम्वर ११ कै साकेला टोलका वर्ष ३५ का उमेश दाहाल रहेका छन् ।

पक्राउ परेका उल्लेखित व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । यस अघि जिल्ला प्रहरीले गाईघाटबाटै १२ जना जुवाडे पक्राउ परेका थिए । 

See More On

सुझावित समाचार