नालीमा डुबेर १५ महिने बालकको मृत्यु

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण

कपिलवस्तुको विजयनगर गाउँपालिका– ७ गणेशपुरमा १५ महिने बालकको नालीमा जमेको पानीमा डुबेर मृत्यु भएको छ। स्थानीय महिपाल धोबीका छोरा हिमांशु धोबीको घरअगाडि नालीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नालीमा ढक्कन नभएको र पानी जमेको ठाउँमा बालक मृत्यु  भएकाे अवस्थामा फेला परेका हुन्। घरमा बुबाआमा नभएको वेला आज शुक्रबार दिउँसो २ः३० बजेतिर आँगनमा खेल्ने क्रममा नालीमा डुबेर बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले जानकारी दिए।

बहादुरगन्जस्थित शिवराज अस्पतालमा शवलाई पोस्टमार्टम गरी परिवारलाई बुझाइएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए।

सुझावित समाचार