पैदलयात्रुलाई किचेको आरोपमा रोलरचालक पक्राउ परेका छन्। काठमाडौं– १४ स्युचाटारस्थित दृष्टि आँखा अस्पतालअगाडि शुक्रबार बिहान ५५ वर्षीय सानु गुरुङ मृत भेटिएका थिए।
अनुसन्धानको क्रममा उनको रोलरको ठक्करबाट मृत्यु भएको खुलेपछि रोलरचालक उमेश स्याङ्ताङलाई प्रहरीले पक्राउ गरेको हो। सो रोलर वर्ल्ड वाइड कन्स्ट्रक्सन प्रालिको भएको प्रहरीले जनाएको छ। रोलर पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक गुरुङ धादिङको गंगाजमुना गाउँपालिका– ५ स्थायी घर भई ललितपुरको धोबीघाट बस्दै आएका थिए।