२० वर्षपछि काठमाडौंमा पाहुना चरा (फोटोफिचर)

शुक्रबार, ९ फागुन, २०८१
डिजिटल संस्करण
२० वर्षपछि काठमाडौंमा पाहुना चरा (फोटोफिचर)

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

दुर्लभ मानिएको चरो बैकल टियल (बैकल गैरे) २० वर्षपछि काठमाडौं उपत्यकामा देखिएको छ । चराविद् हेमसागर बरालका अनुसार पूर्वी साइबेरियामा बच्चा कोरल्ने र हिउँदयाममा प्रायः चीन, कोरिया र जापानमा देखिने यो चरा घुमन्ते मानिन्छ । धेरै वर्षको फरकमा नेपालमा पनि कहिलेकाहीँ आइपुग्छ ।

यसपटक ललितपुरको धापाखेलस्थित नागदहमा देखिएको छ । ‘हामी यसलाई फिरन्ते चरा भन्छौँ, काठमाडौंसहित नेपालका केही भागमा यो भाले चरा यसअघि पनि आएको रेकर्ड छ । अहिले आएको पनि भाले नै हो,’ चराविद् बरालले भने, ‘खासमा यो चरा नेपालमा आउनुपर्नेचाहिँ होइन, बाटो बिर्सिएर आएको पनि हुन सक्छ ।’ उनका अनुसार यो चरा चीन, कोरिया र जापानमा बढी घुम्छ । नेपालमा यो चरा यसअघि कोशीको बर्जुताल, चितवनको नारायणी नदी क्षेत्र र नागदहमै देखा परेको थियो । 

सुझावित समाचार