मकवानपुर भिरबाट लडेर युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा थाहा नगरपालिका– ५ नलिबन बस्ने श्यामबहादुर पाख्रिनको ३२ वर्षीय छोरा राजकुमार पाख्रिन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुर प्रहरीका डिएसपी श्यामु अर्यालका अनुसार बुधबार राति १:५० बजे थाहा नगरपालिका– ८ दामगढीबाट विवाहको भोज खाई फर्कँदै गर्दा थाहा नगरपालिका– ७ भट्टीडाँडास्थित पार्वती गोलेको खाजाघरमा चुरोट किनी सोही खाजाघरपछाडि पिसाब गर्न जाँदा भिरबाट लडेका हुन् । अन्दाजी दुई सय मिटर तल लडेका उनकाे घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सविनबाबु अर्यालको कमान्डमा अनुसन्धान टोली गई घटनास्थल मुचुल्कालगायतको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरेको प्रवक्ता अर्यालले बताए । पाख्रिनको घटनाको सम्बन्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।