प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीस्थित स्वाइवाक टावरको अवलोकन गरेका छन्।
प्रजातन्त्र दिवसका अवसरमा उक्त टावरमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै प्रधानमन्त्री ओलीले टावर बालकदेखि वृद्धसम्म सबैका लागि सहज गन्तव्य भएको प्रतिक्रिया दिए। प्रधानमन्त्री ओलीले टावरहरूको उपयोगिता छैन भन्ने कुरालाई गतिलो खण्डन गर्न स्काइ टावर उदाहरण भएको बताए।
पत्नी राधिका शाक्य र प्रधानमन्त्रीको सचिवालय सदस्यसहित प्रधानमन्त्रीले गरेका अवलोकनले पर्यटन व्यवसायको क्षेत्रमा हौसला मिलेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए।
कुल ७८.५ मिटर अग्लो टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा हिँड्ने गरिन्छ। दुईवटा लिफ्ट रहेको टावरमा एकपटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने क्षमता छ।