तेस्रो मन्थली नगर कपको उपाधि चिसापानीले जित्यो

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

रामेछापको सदरमुकाम मन्थलीमा भएको तेस्रो मन्थली नगरपालिका कप रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि मन्थली नगरपालिका–८, चिसापानीले जितेको छ। 

बुधबार वडा नं ८, चिसापानी र वडा नं १० चनखुबिच भएको फाइनल खेलमा तिनै खेल सोझो सेटमा चनखुलाई हराउँदै चिसापानीले जित हात पारेको हो। चिसापानीले २५–१९, २५–९ र २५–१२ को सोझो सेटमा चनखुलाई हराएको हो।

प्रतियोगिताको उपाधिसँगै चिसापानीका खेलाडीहरूले १ लाख नगदसहित, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेका छन्। उपविजेता बनेको चनखुका खेलाडीहरूले नगद ७५ हजारसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र पाउँदा तेस्रो स्थान हासिल गर्ने वडा नं ७ भटौलीले ३० हजार नगदसहित सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र हात पार्यो।

त्यस्तै, मन्थली नगरपालिका प्रथम महिला भलिबलको उपाधि मन्थली नगरपालिका–७, भटौलीले जितेको छ। भटौलीले नगद ५० हजार जित्दा उपविजेता वडा नं १३ फुलासीले ३० हजार र तेस्रो स्थानको वडा नं६ भलुवाजोरले २० हजार पाएको छ।

विजेता खेलाडीहरूलाई मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ र उपप्रमुख ईश्वरी बस्नेतले संयुक्त रूपमा नगद, सिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका छन्।
 

सुझावित समाचार