विद्यालयलाई एसबिआई बैंकको शैक्षिक सामग्री

बुधबार, ७ फागुन, २०८१
डिजिटल संस्करण

नेपाल एसबिआई बैंकले विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विराटनगर महानगरपालिका– ७, मोरङस्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको हो । 

बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई एक कार्यक्रमबिच उक्त सामग्री हस्तान्तरण गरेका थिए ।

सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी तथा शिक्षकहरूको उपस्थिति रहेको थियो ।

बैंकले देशभरका एक सय शाखा, २२ एक्सटेन्सन काउन्टर, सात प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, एक सय २३ एटिएमबाट वित्तीय सेवा दिँदै आएको छ । 

सुझावित समाचार