रक्तक्यान्सरबाट पीडित जुम्लाको गुठीचौर गाउँपालिका– ५ का ५१ वर्षीय सत्यबहादुर भण्डारीको उपचारका लागि परिवारले सहयोगको आग्रह गरेको छ । छोरा दीपेन्द्र भण्डारीले बुबाको उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको आग्रह गरेका छन् ।
भण्डारी तीन महिनादेखि सिभिल अस्पताल मीनभवनमा उपचाररत छन् । छोरा दीपेन्द्रका अनुसार बुबाको उपचारमा धेरै रकम खर्च भइसकेकाले थप उपचारका लागि आर्थिक समस्या भएको छ । ‘बुबाको उपचारका लागि अझै धैरै खर्च लाग्ने भएको छ । सहयोग गर्न चाहने सहयोगी मनहरूले सहयोग गरे मेरो बुबाले पुनर्जीवन पाउनुहुन्थ्यो, त्यसैले सहयोगको आग्रह गरेका हौँ,’ छोरा दीपेन्द्रले भने ।
सहयोग गर्न चाहनेहरूले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडमा रहेको सत्यबहादुर भण्डारीको खाता नं. ०२२०५१२०२८०८१५मा सहयोग रकम जम्मा गरिदिन आग्रह गरिएको छ । भण्डारीलाई सहयोग गर्न चाहनेले छोरा दीपेन्द्रको फोन नं. ९८४८३५६६५९ मा सम्पर्क गर्न सकिनेछ ।