सडक डिभिजन कार्यालय पाल्पा मार्फत इस्मा गाउँपालिका–२ को छल्दीदेखि वडा नं ३ ठाढुङ्गा जोड्ने सकड कालोपत्रे गर्न रौताहा–श्रेष्ठ–ओमबुद्ध जेभीले ०७९ साल बैशाख २६ गते सम्झौता गरेको थियो ।
पहिलो म्याद आगामी बैशाख २५ मा सकिन्छ । यो सडककै निर्माणको कामले आइतबार बालिकाले ज्यान गुमाइन् । तर, निर्माण व्यावसायीले ३१ प्रतिशत काम मात्रै सकेको योजना कार्यान्वयन गरिरहेको सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर राजेश अधिकारीले जानकारी दिए । निर्माण व्यावसायीले बजेट अभाव देखाएर काम नगर्ने गरेका छन् । तर, इन्जिनीयर अधिकारीका अनुसार यो बर्ष साढे तीन करोड बजेट रहेको छ ।
निर्माण व्यावसायीले समयमै काम नसकेपछि सार्वजनिक खरिद नियमावली अनुसार ०८२ कार्तिक १० सम्म म्याद थप गरेका कार्यालयले जनाएको छ । यो सडक कालोपत्रेको लागि २४ करोड ७२ लाख ६८ हजार रुपैयाँमा सम्झौता भएको थियो । समयमै सडक निर्माण नुहँदा बर्षातमा पहिरो र हिउँदमा धुलोको सास्ती स्थानीयले खेपेका छन् । बस्ती माथिबाट निर्माण गरिएको सडकले समयमै काम नहुँदा बर्षातमा घर र बारीहरु पुर्ने गरेको स्थानीय युवा अमित कुवंरले बताए । बर्षातमा थुप्रै घरहरु पहिरोको उच्च जोखिममा रहेका छन् ।