बर्दियामा एक महिला आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेकी छिन् । ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँकी ५१ वर्षीया राधा बोहरा मृत अवस्थामा फेला परेकी हुन् ।
घरबाहिरबाट ताला लागेको अवस्थामा शव फेला परेको थियो । मृतककी छोरी अमेरिका बस्दै आएकी र उनी घरमा एक्लै थिइन । सामान्य व्यापार व्यवसाय गरी जीवनयापन गरिरहेकी बोहराको शव घरभित्र रहेको र घरबाहिर ताला लागेको हुँदा हत्या भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक ऋषिराम घर्तीमगरले बताए।
बोहराको शवलाई बर्दिया जिल्ला अस्पतालमा राखिएको र घटनाबारे खोजतलास भइरहेको प्रहरी कार्यालयले जनाएको छ।