खाद्य पदार्थमा विषादी औषधिको प्रयोग नगर्न राष्ट्रिय सभा सांसदको माग

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

राष्ट्रिय सभाका सांसदहरूले खाद्य पदार्थमा विषादी औषधिको प्रयोग सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्।  राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सांसद कृष्णप्रसाद पौडलले आमनागरिकको जीवनसँग सम्बन्धित दैनिक उपभोग्य वस्तु तरकारी र फलफूलमा विषादी प्रयोग अत्यधिक भएको विषयमा सरकारको ध्यानाकर्षण गराए। 

उनले भने, ‘विषादी मिसिएको तरकारी र फलफूलले आमजनतालाई रोगी बनाउँदै लगेको छ, विषादीको अत्यधिक प्रयोगले उपभोक्ताको क्यान्सर, मुटु र मिर्गौलामा प्रत्यक्ष असर पार्ने गरेको कुरा तथ्यांकले प्रमाणित गरेको छ, त्यसैले खाद्य वस्तुमा मिसावट स्वीकार्य छैन ।’

खाद्य वस्तुमा मिसावट गर्नु संविधानको धारा, ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हक र धारा, ३६ मा उल्लिखित खाद्यसम्बन्धी मौलिक हकको समेत ठाडो उल्लंघन हुने उनको भनाइ छ । उनले त्यसबारेमा सम्बन्धित निकायले समयमै अनुगमन गर्नुपर्ने माग गरे । 

सुझावित समाचार