तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

आइतबार, ४ फागुन, २०८१
डिजिटल संस्करण

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज सुन प्रतितोला दुई हजार सात सय रुपैयाँ र चाँदी  १५ रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार दुई सयमा कारोबार भएकोमा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार पाँच सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य  एक हजार ९५५ रुपैयाँ निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार ८८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।     
 
 

See More On

सुझावित समाचार