नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार तीन सयले बढेको छ ।
बुधबार प्रतितोला एक लाख ६७ हजार पाँच सय रुपौयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ६९ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार ९६५ रुपैयाँ निर्धारण गरिएको छ ।