सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नै सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशको समर्थन नगर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्थ ठाकुरले बुधबार प्रेस विज्ञप्ति जारी गरी सो अध्यादेश जनताको हितविपरीत भएको उल्लेख छ।
यसअघि जसपा नेपालले मंगलबार मात्र सो अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको थियो। अध्यादेश पास हुने सम्भावना नभएपछि सरकारले संसदमा पेस गरेको छैन।
