नो केबलकार समूहले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

नो केबलकार समूहले पाथीभरा क्षेत्रमा केबलकार निर्माण हुनुहुँदैन भन्दै पुन: अनिश्चितकालीन बन्द र आमहडताल गर्ने बताएको छ । 

काठमाडाैंमा पत्रकार सम्मेलन गर्दै अनिश्चितकालीन बन्द र आमहडताललगायत कार्यक्रमहरूको घोषणा गरेको बताएको हो।

नो केबलकार समूहले गत माघ २२ गते सरकारी वार्ता समितिसँग भएको ६ बुँदे सहमति गरेको थियो । सो सहमति कार्यान्वयन नभएको भन्दै  पुनः आन्दोलन गरिने बताएको हो। 

पत्रकार सम्मेलनमा माघ २८ देखि फागुन ९ गतेसम्म ग्लोबल आइएमई बैंकसहित आइएमई समूह १ नं. प्रदेशलगायत देश विदेशमा बहिष्कार गर्ने भनिएको छ। 

त्यस्तै, फागुन ६ देखि ९ गतेसम्म ‘मुख्य मुख्लुङ बचाऔँ पदयात्र’ गरिने भएको छ भने केबलकार अनुमोदन तथा सहमतिकाे खारेजीका लागि फुटपाथ नागरिकलाई कार्यक्षमता धैर्य गर्ने तथा केबलकार निर्माण समितिको दुवै पक्ष संयुक्त रूपमा बहिष्कार सभा गर्ने, कानुन, ऐतिहासिक र वैज्ञानिक अध्ययन प्रतिवेदन लिने र लिम्बुवान, संघीयता, सहिदसँगै जिल्ला प्रशासन कार्यालयमार्फत संघ सरकारलाई विरोध पत्र बुझाउने, प्रदर्शन गर्ने र विरोधपत्र दूतावासहरूलाई विरोधपत्र पठाउने। फागुन गतेदेखि अनिश्चितकालीन बन्द र आमहडताल गर्ने कार्यक्रम रहेको बताइएको छ।

सुझावित समाचार