जातीय विभेदको घटनामा गृहमन्त्री लेखकमाथि छानबिन गर्न सांसदको माग

सोमबार, २८ माघ, २०८१
डिजिटल संस्करण

सांसद  सुशीला श्रीपाली ठकुरीले जातीय विभेदमा सघाएको भन्दै गृहमन्त्री र प्रहरी प्रमुखविरुद्ध कारबाहीको माग गरेकी छिन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । 

बैठकमा उनले भनिन्, ‘सर्लाहीको अन्तरजातीय प्रेमविवाह गर्ने जोडीबारे अदालतको फैसलाको सम्मान व्यक्त गर्दै अहिले पनि ती जोडी र परिवार सुरक्षित छैनन् । जसकारण राज्यले सुरक्षाको अनुभूति गराओस्। र, २१औँ शताब्दीमा पनि मनुस्मृति सोच र व्यवहारबाट परिचालित गृहमन्त्री र प्रशासन (प्रहरी) प्रमुखलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन म जोडदार माग गर्दछु ।’ 

यसअघिका प्रतिनिधिसभा बैठकमा पनि सो घटनामा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग उठिरहेको छ । 
 

सुझावित समाचार