आज सुन प्रतितोला एक हजार चार सयले बढ्यो
नेपाली बजारमा एक तोला सुनको मूल्य एक लाख ६९ हजार ६ सय रुपैयाँ पुगेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन आज प्रतितोला एक हजार चार सयले बढेको हो ।
त्यस्तै, आजका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार ९७५ तोकिएको छ । आइतबार सोही परिमाणकाे चाँदी एक हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा सुन तथा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलरआसपासमा कारोबार भइरहेको छ ।