अध्यादेश पारित गर्न संख्या गन्ने वेला आइसकेको छैन : प्रधानमन्त्री ओली

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले अध्यादेश संसदबाट पारित हुने वा नहुने भन्ने विषयमा अहिले टिप्पणी गर्ने वेला भइनसकेको बताएका छन्।

अध्यादेश पास गर्नका लागि सत्तापक्षको संख्या पुग्ने वा नपुग्ने भन्ने सम्बन्धमा आज आइतबार संघीय संसद् भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्को संख्या गन्ने वेला आइनसकेको बताएका हुन्।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा ६ वटा अध्यादेश जारी गरेको थियो। संसद् नियमावलीअनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ। रासस

सुझावित समाचार