नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुसिबु शाखा स्थानान्तरण

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुसिबु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरिएको छ । बैंकले काठमाडौं महानगरपालिका– १७ खुसिबुमा रहेको शाखा कार्यालय सोही वडाभित्र करिब ९० मिटर पश्चिममा आजदेखि स्थानान्तरण गरेको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले शाखाको उद्घाटन गरे । यस शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने उनले बताए । खुसिबु शाखाबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ सेवाहरू सुरु गरिएको छ ।

हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटिएम रहेको छ । शाखा सञ्जाल बैंकको वेबसाइटबाट पनि हेर्न सकिन्छ ।
 

सुझावित समाचार