खसीबोका बोकेको ट्रक चितवनमा दुर्घटना हुँदा १९ चौपाया मरे

आइतबार, २७ माघ, २०८१
डिजिटल संस्करण

चितवनमा खसीबोका बोकेको ट्रक दुर्घटना हुँदा १९ चौपाया मरेका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौंतर्फ खसीबोका लिएर जाँदै गरेको भे.१क २३६२ नम्बरको मिनीट्रक दुर्घटना भएकाे हाे ।

खसीबोका बोकेको ट्रक अनियन्त्रित भई पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना– ४ लेवाटारमा सडकमा नै आज बिहान पल्टिएको थियो । दुर्घटनामा खसीबोका गरी १९ वटा चौपाया मरेको भण्डारीले जानकारी दिइन् ।     

सुझावित समाचार