अन्तिम खेलमा पनि नेपालको ब्याटिङमा समस्या

शुक्रबार, २५ माघ, २०८१
डिजिटल संस्करण
अन्तिम खेलमा पनि नेपालको ब्याटिङमा समस्या

तस्बिर : क्यान

त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले थाइल्यान्डविरुद्ध मात्र ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ। खेलमा नेपालका कुनै पनि ब्याटरले ठुलो स्कोर बनाउन सकेनन्।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरको समाप्तिमा सात विकेट गुमाउँदै ८१ रन मात्र बनायो। 

नेपालका लागि ओपनर सम्झना खड्काले २९ बलमा एक चौकासहित सर्वाधिक १७ रन जोडिन्। त्यस्तै, मध्यक्रमका ब्याटर कविता जोशीले १४ रन बनाउँदा कप्तान इन्दु बर्माले १० रनको योगदान गरिन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

थाइल्यान्डका लागि ओनिचा कामचोम्फुले चार ओभरमा १५ रन खर्चिँदै तीन विकेट लिइन्।

सुझावित समाचार