सन् १८४० : बेलायत राजमुकुट र न्युजिल्यान्डका माओरी जातिका ५०० भन्दा बढी मुखियाबिच ‘वाइतांगी सन्धि’मा हस्ताक्षर भयो । सन्धिले माओरी जाति ब्रिटिस रैती हुने र माओरी जातिले उपभोग गर्दै आएको जमिनको बेलायतले संरक्षण गर्ने सामझदारी भएको थियो । यस सन्धिपछि न्युजिल्यान्ड औपचारिक रूपमा बेलायती उपनिवेश बन्यो ।
सन् १६८५ : निःसन्तान राजा चार्ल्स द्वितीयको मृत्युपछि उनका भाइ जेम्स द्वितीय बेलायतका राजा बने । उनी दमनकारी शासनका कारण सन् १६८८ को गौरवशालीबाट सत्ताच्युत हुन पुगेका थिए ।
सन् १८९९ : अमेरिकी सिनेटले शान्ति सम्झौता अनुमोदन गरेसँगै ‘स्पेन–अमेरिकाबिचको युद्ध’ अन्त्य भयो । यस युद्धको परिणामस्वरूप स्पेनिस उपनिवेश क्युवा स्वतन्त्र भयो भने गुआम र प्युटो रिकोमाथि अमेरिकी शासन स्थापित भयो । त्यस्तै स्पेनले उसको एसियाली उपनिवेश स्पेन अमेरिकालाई दुई करोडमा बेच्ने सहमतिसमेत जनाएको थियो ।
सन् १९४५ : चर्चित रेग्गी गायक बब मार्ली आजै जन्मिएका थिए ।
सन् १९५९ : अमेरिकी इन्जिनियर ज्याक विल्वीले ‘इन्टिग्रेटेड सर्किट(आइसी)’ आविष्कार गरे, जुन खोजका लागि किल्वीले सन् २०००मा गएर भौतिक शास्त्र विधामा नोबेल पुरस्कार जिते ।
सन् १९६४ : फ्रान्स र बेलायतले दुई देशलाई छुट्याएको समुद्री भाग ‘इंग्लिस च्यान’मुनिबाट रेलको सुरुङमार्ग बनाउने सहमति जनाए ।
सन् १९६७ : कम्युनिस्ट देश अल्बानियामा सांस्कृतिक क्रान्तिको घोषणा । देशभरबाट धर्मको नामोनिसान मेटाउने र देशलाई विश्वको पहिलो नास्तिक देश बनाउने अभियान ।
सन् २०१८ : इलन मस्कको रकेट कम्पनी ‘स्पेस–एक्स’ले त्यो समयको विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘फाल्कोन हेभी’ प्रक्षेपण गर्यो ।