प्रेस सेन्टर गुल्मीमा पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन

बुधबार, २३ माघ, २०८१
डिजिटल संस्करण

प्रेस सेन्टर नेपाल, जिल्ला समिति गुल्मीमा हुमाकान्त पोखरेलको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित भएको छ। सदरमुकाम तम्घासमा सम्पन्न सेन्टरको जिल्ला भेलाले पोखरेलको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा वासुदेव पोखरेल र खुमानन्द फुल्देल, सचिवमा अमृता विश्वकर्मा, सहसचिवमा प्रियंंका पन्थी र पुष्कर वली एवं कोषाध्यक्षमा मन्दिरा विश्वकर्मालगायत अन्य सदस्यहरू निर्विरोध निर्वाचित भएको निर्वाचनमण्डलका संयोजक कृष्ण पाण्डेले जानकारी दिए ।

अध्यक्ष पोखरेल यसअघि सचिव रहेका थिए । अधिवेशनले महेश बोहराको संयोजकत्वमा तीन सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । जसको सदस्यमा पुष्कर खड्का र माधव ज्ञवाली रहेका छन् । 

सुझावित समाचार