बागमती प्रदेशको सर्वदलीय बैठक सुरु

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

बागमती प्रदेशको सर्वदलीय बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सर्वदलीय बैठक डेढ घण्टा ढिला गरी सुरु भएको हो। 

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको उपस्थितिमा संसद् सचिवालयमा सर्वदलीय बैठक सुरु भएको हो। सत्तापक्ष र प्रतिपक्षबिचको बजेटमाथिको विवाद समाधान गर्ने गरी उक्त सर्वदलीय बैठक आह्वान गरिएको हो।

बजेटमाथिको विवादका कारण प्रदेश सभाको बैठकसमेत प्रभावित हुँदै आएको छ। उक्त विवादका कारण गत माघ १८ गते आह्वान गरिएको प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची अन्तिम समयमा स्थगित गरिएको थियो। 

बजेटमाथिको विवादका कारण प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको चेतावनीपछि १८ गतेको संसद्को कार्यसूची नै स्थगित गरिएको थियो। विधेयक पेस हुने कार्यसूची रहेको उक्त बैठक प्रतिपक्ष दलको चेतावनीपछि स्थगित गरिएको थियो। 

प्रतिपक्षी दल माओवादी केन्द्रले बजेटमाथिको विवाद बजेटमाथिको विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभाको बैठक का काम कारबाही अघि बढ्न नसक्ने चेतावनी दिँदै आएको थियो।

सुझावित समाचार