मकवानपुमा पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाउन सुरु, करिब २३ हजारलाई लगाइने

मंगलबार, २२ माघ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत मकवानपुरमा पनि मंगलबारबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाउन सुरु गरिएको छ । अभियान अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको ज्ञानदा माविमा अध्यनरत छात्राहरुलाई पहिलो खोप लगाइएको छ । खोपको सुरुवात बागमती प्रदेश मुख्यमन्त्री बाहदुर सिंह लामा तामाङले गरेका हुन् ।

खोपको सुरुवात गर्दै मुख्यमन्त्री लामाले पाठेघरको मुखको क्यान्सर रोगको चुनौती बढ्दो रहेको बताए । उनले नेपालमा वर्षेनी हजारौं महिलाहरु पाठेघरको मुखको क्यान्सरबाट प्रभावित हुने गरेको बताए । 
उक्त भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा पाठेघरको मुखको विरुद्धको खोप अभियान सुरु गरिएको उनको भनाई छ । 

‘पाठेघरको मुखको क्यान्सर रोग पुर्ण रुपमा नियन्त्रण गर्न खोप अभियान संचालन गरिएको हो । खोपबाट दैनिक ४ जानको महिलाहरुको मृत्यु हुने दरलाई नियन्त्रण गर्न सकिन्छ ।’ उनले भने, ‘महिलाहरु आफूलाई भएको समस्या लुकाएर राख्ने अवस्थाले पीडा रहेका छन् । रोग लुकाएर राख्नुभन्दा समयमा नै स्वास्थ्य संस्थामा गएर उपचार गराउनुपर्छ ।’ 

२२ माघदेखि ६ फागुनसम्म चल्ने अभियानमा मकवानपुरका १० वटै स्थानीय तहमा गरि करिब २३ हजार बालिकाहरुलाई एचपिभी बिरुद्ध खोप लगाउन लक्ष्य रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । 
स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार जिल्लाका १० पालिका भित्रका विद्याचलय जाने कक्षा ६ देखि १० सम्मका २२ हजार ५९ जना छात्रा र बिद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरसम्मका ६५४ जना किशोरीहरुलाई खेप लगाइने छ ।

सूचना अधिकारी घिमिरेले अभियान सम्पनन गर्न मकवानपुरका २४० वटा विद्यालय र ११० वटा स्वास्थ्य संस्थाबाट खोप सञ्चालन गरिनेछ । उनका अनुसार जिल्लामा सबैभन्दा बढि हेटौँडा उपमहानगरपालिकाका ११ हजार १७३ जना किशोरी र सबैभन्दा कम इन्द्रसरोवर गाउँपालिकाका ४८६ जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ ।

यस्तै थाहा नगरपालिकाका १ हजार ८१६,  भीमफेदी गाउँपालिकाका ८४४, मकवानपुरगढी गाउँपालिकाका १ हजार ७३, मनहरी गाउँपालिकाका २ हजार २६२,  राक्सिराङ गाउँपालिकाका ७९८, कैलाश गाउँपालिकाका १ हजार १, बागमती गाउँपालिकाका १ हजार ३३९, र बकैया गाउँपालिकाका १ हजार ८४८ जनालाई एचपिभी खोप लगाउने लक्ष्य राखिएको छ ।

खोप अभियान सञ्चालनका लागि जिल्लामा ३६७ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र ७३४ जना स्वयंमसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले बताए। उनका अनुसार प्रत्येक खोप केन्द्रमा एकजना स्वास्थ्यकर्मी र २ जना स्वयंमसेवक परिचालन गरिनेछ।

सुझावित समाचार