खेम र सुनिताले ल्याए प्रेम र विछोडको गीत ‘दुई किनारा’

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

गायिका सुनिता बुढाक्षेत्री र गायक खेम सेन्चुरीले नयाँ गीत ‘दुई किनारा’ सार्वजनिक गरेका छन् ।

गीतले प्रेम र विछोडको मार्मिक कथा बोके गायिका बुढाक्षेत्रीले बताइन् । गीत रचना नेत्र अर्यालले गरेका हुन् भने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् । भिडियोको निर्देशन युवा निर्देशक सुनिल विकले गरेका छन् । 

भिडियोमा ओबी रायमाझीले मुख्य भूमिकामा जीवन्त अभिनय गरेकी छिन् भने उनलाई अश्विनी शाही, विराज बास्कोटा, देव घिमिरेलगायतका कलाकारले साथ दिएका छन् । गीतको बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको छ।

सुझावित समाचार