कावासाेती १ का वडाध्यक्षकाे निधन

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

नवलपुरकाे कावासाेती नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ३७ वर्षीय तावाराक अहमद मियाँकाे निधन भएकाे छ। उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्। आज एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नवलपुरकाे १० औँ जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखिसकेपछि उनी अचानक बेहाेस भएका थिए। 
इलाका प्रहरी कार्यालय गैडाकाेट नवलपुरका अनुसार २:३० तिर बेहाेस् भएका उनलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकाेमा १४:४४ बजे चिकित्सकले मृत घाेषणा गरेकाे थियाे।   
उनी राष्ट्रिय युवा संघ नवलपुरका सहसचिव पनि थिए। 

उनकाे निधनपछि अधिवेशन स्थगित भएकाे युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए।  शनिबार दिउँसो गैँडाकोटमा राष्ट्रिय युवा संघको जिल्ला अधिवेशनमा सहभागी भइरहेका वेला हृदयघातका कारण मियाँको मृत्यु भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले बताए। ३७ वर्षका मियाँका श्रीमती, तीन छोरी र एक छोरा छन्।

सुझावित समाचार