दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शनिबार दुईवटा डुंगा डुब्दा तीनजना बेपत्ता भएका छन्। योनहाप समाचार एजेन्सीका अनुसार हालसम्म चालक दलका १२ सदस्यलाई उद्धार गरिएको छ।
स्थानीय समयअनुसार बिहान ९:२५ बजे चालक दलका सदस्यसहितको ३२ टन तथा २९ टन वजनको डुंगा टापु जेजुमा डुबेको हो।
उद्धार गरिएकामध्ये एकलाई हृदयघात भएको अवस्थामा अस्पताल लगिएको र प्राथमिक उपचार गरिएको थियो। बाँकी तीनजना चालक दलका सदस्यहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ।