रारा राष्ट्रिय निकुञ्जमा वन्यजन्तु चोरी शिकारी गर्ने दुईजना पक्राउ

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तु चोरी शिकारी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । उनीहरुलाई भरुवा बन्दुकसहित निकुञ्ज गस्ती टोलीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।

रारा राष्ट्रिय निकुञ्ज कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमान ध्वज गुल्मको संयुक्त अपरेशन टोलीले विशेष सुचनाको आधारमा सिकार खेल्दै गरेको मौकामा संरक्षित पंक्षी डाँफेको सिकार गरी कारोवार भइरहेको भन्ने सुचनाका आधारमा चोरी सिकार गर्ने दुई जनालाई  पक्राउ गरेको छ ।

निकुञ्ज क्षेत्रमा संयुक्त अपरेशन टोलीले भरुवा बन्दुक सहित दुई जना सिकारीको साथबाट मृत्त डाँफे जीउ ३, (भाले १, पोथी २) फक्रास जीउ ३ (भाले २, र पोथी १) भरुवा बन्दुक थान १, भरुवा वन्दुकमा प्रयोग हुने गोली थान ३६, भरुवा बन्दुक पड्काउन प्रयोग हुने केप थान २७, बारुद बट्टा थान २, वारुद बनाउन प्रयोग गरिने सेतो रङको सोडा अन्दाजी ५ सय ग्राम, चक्कु थान १, मोवाईल थान १ र झोला कालो १ थान बरामद गरेकाे छ ।

पक्राउ पर्नेमा जुम्ला कनका सुन्दरी गाउँपालिका-१ रिया गाउँका वर्ष २६ का मानबहादुर कठायत र सोही गाउँपालीका वडा नं-१ रियाकै वर्ष ३९ का गोरे कठायत रहेका छन् । 

See More On

सुझावित समाचार