भीमदत्त नगरका कांग्रेस सभापति कलौनी मृत अवस्थामा फेला

कांग्रेसका नगर सभापति कलौनीकाे शव सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला

शनिबार, १९ माघ, २०८१
डिजिटल संस्करण

कञ्चनपुरकाे भीमदत्त नगरका कांग्रेस सभापति अच्युतराज कलौनी मृत फेला परेका छन । शनिबार बिहान ८ बजेतिर भीमदत्त नगरपालिका-१८ कटान मामाभान्जा चोक क्षेत्रमा कांग्रेस नगर सभापति कलौनी मृत्य फेला परेका हुन् ।

बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष समेत रहेका कांग्रेसका नगर सभापति कलौनी सडक पेटीमा घोप्टो परेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरका प्रहरी प्रवक्ता उमेशराज जोशीले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान अघि बढाएको जानकारी दिएका छन् । घरपरिवारदेखि कांग्रेस नेता कार्यकर्ताहरुले घटना रहस्यमयी भएकाले छानबिनकाे माग अघि सारेका छन् । घटनास्थलमा  अहिले भिडभाड बढिरहेको छ । 
 

सुझावित समाचार