सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण

बिहिबार, १७ माघ, २०८१
डिजिटल संस्करण

सन नेपाल लाइफ इन्स्योरेन्सले कर्पोरेट कार्यालयलगायत देशभरका कार्यालयमा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसका अवसरमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता भन्ने मूल नारासहित सम्पत्ति शुद्धीकरण र यसले समग्र अर्थतन्त्र तथा बिमा क्षेत्रमा पार्ने प्रभाव र त्यसको न्यूनीकरणका लागि चाल्नुपर्ने कदमबारे जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा कार्यान्वयन अधिकृत रन्जु लम्सालले सो विषयमा प्रस्तुतीकरण गरेकी थिइन् भने कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यसको महत्व, आवश्यकता र न्यूनीकरणबारे जानकारी गराएका थिए  । 

पहिलो चरणमा कर्पोरेट कार्यालयका उच्च व्यवस्थापनसहितका कर्मचारीको सहभागिता थियो भने दोस्रो चरणमा प्रदेश शाखा तथा उपशाखा कार्यालयमा कार्यरत कर्मचारीलाई भर्चुअल माध्यमबाट सहभागी गराइएको थियो ।   

सुझावित समाचार